बन्ने भो ‘फटाह फणिन्द्रे’ अभिनेत्रीमा सुस्मा कार्की छनौट

८ श्रावण २०७६, बुधबार ११:५६

सिधाखबर \ चलचित्र ‘फटाह फणिन्दे्र’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको निर्देशन समेत उनी आफैले गर्दैछन् । ‘तिम्रो लागि’,‘पाठशाला’लगायत केही चलचित्र निर्माण गरेका अरुणले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । चलचित्रका लागि अभिनेत्री सुस्मा कार्की छनौट भएकी छन् ।

१० लाख पारिश्रमिका लिएर सुस्माले चलचित्रमा खेल्न मन्जुर भएको बताईएको छ । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने चलचित्रको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*