’हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक

१० श्रावण २०७६, शुक्रबार १७:०३

सिधाखबर \ चलचित्र ’हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रको कथासार देखाइएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकाँस कलाकारहरु फिचर्ड रहेकाछन् । आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा आर्यन सिग्देललाई ट्रेलरमा दुइ गेटअपमा देख्न सकिन्छ भने उनले ’हजार जुनीसम्म’पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा चलचित्र केन्द्रित छ । ट्रेलरमा स्वस्तिमा खड्का , सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल,अखिलेस प्रधान र अनुभव रेग्मीपनि फिचर्ड छन् । नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार यो चलचित्र प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*