जाइराको आइटम गीत मात चढेको साँझ सार्बजनिक

१० श्रावण २०७६, शुक्रबार १७:०९

सिधाखबर \ आगामी भाद्र ६ गते रिलीज हुने नेपाली चलचित्र जाइराको आइटम गीत रिलीज भएको छ । शुक्रबार इन्टरनेटमा रिलीज यो मात चढेको साँझ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र मनको बाँधमा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो । यस गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द दिनुभएको छ भने शिव शंकरको संगीत रहेको छ । जाइराको लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन् । यो मात चढेको साँझमा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् ।

जाइरामा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*