साउदी अरबलाई हतियार बेच्न अमेरिकी कांग्रेसविरुद्ध नै उभिए डोनाल्ड ट्रम्प

११ श्रावण २०७६, शनिबार १३:४०

बीबीसी \ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई आठ अर्ब अमेरिकी डलरको हतियार बेच्ने सम्झौतामा भिटो प्रयोग गरेका छन् । अमेरिकी कांग्रेसले साउदी र यूएईसँग गरेको सम्झौताले नकारात्मक असर गर्ने भन्दै सम्झौता रोक्न प्रस्ताव गरेको थियो ।

ट्रम्पले भने उक्त सम्झौता रद्द गर्दा विश्वमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने र अमेरिकाका मित्र शक्तिसँग सम्बन्ध बिग्रने बताएका छन् ।  अमेरिकी संसद(कंग्रेस)का केही सदस्यले यो सम्झौताका कारण बेचिने हतियार यमनमा जारी युद्धमा शहरी जनसंख्या विरुद्ध प्रयोग गरिने चिन्ता व्यक्त गरेका छन् ।

यी सदस्यहरुले यमन युद्ध अतिरिक्त पत्रकार जमाल खशोग्गीको हत्यामा पनि साउदी अरबको भूमिकाको निन्दा गरेको थिए । सत्तारुढ रिपब्लिकन पार्टीका प्रवत्ता मिच म्याकोनेलका अनुसार आगामी केही दिनभित्र ट्रम्पको भिटो खारेज गर्ने विषयमा संसदमा मतदान हुनेछ । अमेरिकी सिनेटले राष्ट्रपतिको भिटो निस्क्रिय बनाउनको लागि दुई तिहाई बहुमत जुटाउन पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*