हेटौंडेली नायिका नीताले चलचित्र निर्माण गर्दै , नायक भने कोशिस क्षेत्री

भदौको दोश्रो साताबाट चलचित्रको छायांकन सुरु
१२ श्रावण २०७६, आईतवार १६:१४

हेटौंडा \ हेटौंडेली नायिका नीता ढुंगानाले बनाउन लागेको पहिलो चलचित्रको नाम ‘माया’ राखिएको छ । नीताका अनुसार यो उनको वर्किङ टाइटल हो । नीताले बनाउन लागेको चलचित्रलाई समुन्द्र भट्टले निर्देशन निर्देशन गर्ने भएका छन्, । चलचित्रको शिर्ष भूमिकामा नायिका नीता ढुंगाना आफै हुनेछिन् ।

उनको साथमा हेटौंडाकैं नायक कोशिस क्षेत्रीले चलचित्रमा अभिनय गर्दैछन् । कोशिसको चलचित्रमा आफ्नै कथा छ । अहिले कोशिस चलचित्रको कथालाई अन्तिम रुप दिनका लागि जुटिरहेका छन् । चलचित्रमा कोशिसकै संगीत रहनेछ ।
चलचित्रलाई सिक्किम र कालिङपोङमा खिचिने जनाइएको छ ।

चलचित्रले पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई देखाउनेछ । भदौको दोश्रो साताबाट चलचित्रको छायांकन सुरु गरिने नायिका नीता ढुंगानाले जानकारी दिइन् । नीताले यसअघि चलचित्र ‘मःम हन्टिङ’ बनाउने तयारी गरेकी थिइन् । तर, यो चलचित्रका लागि कलाकार पर्खिनुपर्ने भएपछि उनले नयाँ चलचित्र ‘माया’ बनाउन लागेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*