कथा संग्रह ‘अभ्यन्तर’की लेखिका अप्सराको निधन

मकवानपुरका साहित्यकारहरु भन्छन्, हामी मर्माहत भएका छौं
१३ श्रावण २०७६, सोमबार ०७:३५

सिधाखबर \ मकवानपुरका स्रष्टा एव साहित्यकार तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा ( धनकुमारी) तिम्सिनाको निधन भएको छ । उनको गएराति चितवनमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ज्वरो आएर हेटौंडामा उपचार गराइरहेको र थप उपचारका लागि चितवन लगिएकोमा उनको उपचारको क्रममा हिजो १२ गते निधन भएको बुझिएको छ । ४४ बर्षीया तिम्सिना साहित्य संगम मकवानपुरको पुर्व उपाध्यक्ष समेत हुन्, । हेटौंडा ४ घर भएका तिम्सिना हेटौंडा क्याम्पसकी पुर्व प्रध्यापक समेत हुन ।

२०३२ सालमा जन्मिएकी उनी मकवानपुरे साहित्यमा चर्चित स्रष्टाको रुपमा थिइन । उनले कथा तथा कविता संग्रह गरि दुईवटा पुस्तक समेत प्रकाशित गरिसकेकी छिन्, । कथा संग्रह अभ्यन्तर र थुप्रै कविताहरु उनको प्रकाशन भएको छ । उनी मकवानपुर भित्र र बाहिर जिल्लामा थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेकी छिन्, ।

उनको निधन पत्याउनै नसकिने घटना भएको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको निधनले मकवानपुरे साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको निखिलले बताए । उनको आजै हेटौँडामा दाहासस्कार गरिने समेत बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*