संसदमा नाराबाजी, बुधबारसम्म बैठक स्थगित

१३ श्रावण २०७६, सोमबार १५:३०

काठमाडौँ \ संघीय संसदको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ । संसद बैठक शुरु भएलगत्तै दुई पार्टीका सांसदहरुले नाराबाजी गरेका थिए ।

सांसदहरुको नाराबाजीपछि सभामुख कृष्णबहादुर महराले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । विरोधका बीच सभामुख महराले शुन्य समयको कार्यसूची प्रारम्भ गर्ने तयारी गरेपछि सांसदहरुले रोस्टम घेर्दै नाराबाजी शुरु गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*