हेटौंडाका शम्भुको गीतमा प्रमोद खरेलको आवाज (भिडियो)

१४ श्रावण २०७६, मंगलवार १५:४०

सिधाखबर \ हेटौंडा १२ पदमपोखरीका शम्भु तिवारीले रचना गरेका गीतलाई अहिलेका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन्, । हाइलाइटस नेपालले आफ्नो युभट्युभ च्यालन मार्फत उक्त गीतको भिडियो सार्वजानिक गरिएको छ । तिवारीले लेखेको गीतलाई तिलक कट्टेलले संगीत गरेका छन्, भने निरज श्रेष्ठको एरेन्ज रहेको छ ।

एउटा मनमा धेरै तस्विर टाँस्न सिपालु जताततै माया प्रिती गाँस्न सिपालु… भन्दै लेखेका तिवारीले समाजमा भइरहेका मायापिरतीका घटनालाई गीतमा उर्तान खोजिएका छन्, । हाल तिवारी जापानमा रहेका छन्, । उक्त गीतको भिडियोमा शितल, विमल र अनिषको फिर्चड रहेको छ । भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन भने सीताराम भट्टराईले सम्पादन गरेका हुन । भिडियोलाई युवराज खत्रिले खिचेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*