पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिने
२२ श्रावण २०७६, बुधबार ०७:०१

एजेन्सी \ भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ ।  ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो ।

स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् ।

सानै उमेरदेखि राजनीतिमा चासो राख्ने स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् । १९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् ।

उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा आएका खराबीका कारण उनले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् ।  शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो। भारतीय राजनीतिमा सुषमा स्वराजलाई रोल मोडलका रूपमा लिइन्छ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*