सिमाले लगाईन् मिसेस मकवानपुरको ताज

फष्टरनरअप मगर, सेकेन्ड रनरअपको ताज घलानको शिरमा
२५ श्रावण २०७६, शनिबार २२:४२

सिधाखबर \ हेटौंडा लेडि जेसिजले आयोजना गरेको मिसेस मकवानपुर -२०१९को ताज हेटौंडा ११ निवासी सिमा तिमल्सिना कार्कीले जितेकी छिन्, । आज हेटौंडामा भएको सोमा उनले ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजयी भएकी हुन्, । विजेता संगसंगै उनले दुइवटा टाइटल समेत जित्न सफल भइन्, । उनले नगद १० हजार सहित मिसेस भ्युअर च्वाइस र मिसेस कन्फ्रीडेण्ट टाइटल जित्न सफल भइन्, ।

मिसेस मकवानपुर-२०१९को फस्ट रनरअप  हेटौंडा ४ की लिलु पुलामी मगर भइन्, भने सेकेन्ड रनरअप  हेटौंडा १४ की माया घलान भइन्, । कार्यक्रममा विजेताले ३० हजार, फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १५ नगद सहित प्रमाणपत्र, अवार्ड र ताज प्राप्त गरेका थिए ।

साहित्यकार / प्राध्यापक निमेष निखिलको संयोजकत्वमा पाँच जनाको निर्यायक मण्डलले पहिलो चरणमा १२ जना बाट ९ जनामा प्रतिस्पर्धी छनौट गरिएका थिए । जसमा सपना लामा, एलिना मानन्धर र अमिता चौधरी बाहिरिए । त्यस लगतै ९ जनाबाट ५ जना प्रतिस्पर्धी छनौट गर्दा संगीता जोशी डंगोल,जानुका सापकोटा,अस्मिता पराजुली र सुनिता तामाङ मानन्धर बाहिरिए । उनीहरु बाहिरिए पश्चात उत्कृष्ठ पाँचमा नितु दाहाल, रोजी विडारी, सिमा तिमल्सिना कार्की, लिलु पुलामी मगर र माया घलान बीच प्रतिस्पर्धा गराइएको थियो ।

यी हुन विभिन्न टाइटल हात पार्ने प्रतिस्पर्धीहरु:

मिसेस ट्यालेन्ट टाइटल- रोजी विडारी
मिसेस क्याटवक टाइटल- अस्मिता पराजुली
मिसेस डिसिल्पिन टाइटल -नितु दाहाल
मिसेस फोटोजेनिक टाइटल -सुनिता तामाङ मानन्धर
मिसेस वेस्ट स्माइल -जानुका कार्की सापकोटा,
मिसेस फ्रेन्डली टाइटल -अमिता चौधरी
मिसेस कन्फिडेन्ट टाइटल -सिमा तिमल्सिना कार्की
मिसेस वेस्ट स्किन टाइटल -एलिना मानन्धर
मिसेस वेस्ट डान्सर टाइटल -माया घलान
मिसेस वेष्ठ हेयर टाइटल- सपना लामा,
मिसेस क्रियटिभ टाइटल -लिलु पुलामी मगर
मिसेस पपुलर टाईटल -संगीता जोशी डंगोल
मिसेस पर्सनालिटी टाइटल -अस्मिता पराजुली
मिसेस भ्युअर च्वाइस टाइटल -सिमा तिमल्सिना कार्की

विभिन्न टाइटल जित्नेहरुले ताज सहित प्रमाण पत्र र अवार्ड हात पारेका छन्, । हेटौंडा लेडि जेसिसका अध्यक्ष शुष्मा लटौला खरेलको अध्यक्षतामा भएको मिसेस मकवानपुर कार्यक्रमकमा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख अतिथ्यता रहेको थियो । हेटौंडा लेडि जेसिसले आयोजना गरेको यो कार्यक्रम चौथो संस्करण रहेको मिसेस मकवानपुरका कार्यक्रम संयोजक श्रृष्टि गोर्खालीले बताईन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*