चौथो जिल्ला सभामा सम्मान र छलफल

२६ श्रावण २०७६, आईतवार १८:२४

सिधाखबर \ जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभा आइतबार भएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा सभा भएको थियो । चौथो सभाको अवसरमा समन्वय समितिले जिल्ला सभाका अवसरमा मजदुर क्षेत्रमा लामो समय सम्म योगदान पु¥याएकोमा हेटौंडा ४ का पूर्वराष्ट्रिय सभाका सांसद ललित बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समितिले कृषितर्फ मकवानपुरगढी गाउँपालिकाका तिमल्सिना कृषि तथा फलफुल फर्मका बद्री तिमल्सिना, पशुतर्फ हेटौंडा ३ बसामाडीका सिमलथली बाख्रा पालन फर्मका गोबिन्द सुवेदी, आमा समूह तर्फ हेटौंडा ९ मा रहेको पुष्पान्जली आमा समुह, स्थानीय तह मध्येमा उत्कृष्ट काम गर्ने थाहा नगरपालिकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरि जिल्ला समन्वय समितिमा लामो समयदेखि काम गरेका कर्मचारी सामाजिक विकास अधिकृत रामकृष्ण थापा, कम्प्युटर अपरेटर विना ठिके,नायव सुब्बा डिल्लीराम रेग्मी र हलुका सवारी साधन चालक श्याम थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद केदार न्यौपाने पूर्व सांसद ललित बस्नेत, प्रदेश सभाका सदस्य सन्त चेपाङ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, काभ्रेका जिसस प्रमुख उद्धब केसी, नेकपा मकवानपुरका नेता बद्रीप्रसाद लम्साल, नेपाली काग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईराला, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देवकोटा, नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुरका दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । उद्घाटनसत्र सकिए पछि स्थानिय तहबीच बृहत छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*