लोकदोहोरी प्रतिष्ठानले नयाँ समिति पाउदैं

२६ श्रावण २०७६, आईतवार १९:०३

सिधाखबर \ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुर शाखाको सातौं अधिवेशन तथा १७ औ वार्षिक साधारण सभा ३२ गते हुने भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवम् लोक गायक बद्री पंगेनीको प्रमुख आतिथ्यतामा हेटौंडाको पल्पसा हलमा अधिवेशन हुने आज पत्रकार सम्मेलन गरि प्रतिष्ठानले जनाएको छ ।

विविध साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएकोले राष्ट्रियस्तरका कलाकारहरुले आफ्नो प्रस्तुती दिने प्रतिष्ठानका अध्यक्ष राजन बोगटीले बताए । गायक पशुपति शर्मा, राधिका हमाल, रमेश विजी लगायत थुप्रै गायकगायिकाहरुले मनोरञ्जन दिने प्रष्ठिानले जनाएको छ । मकवानुरमा प्रतिष्ठानमा ६ सय साधारण सदस्य रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*