प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै

२७ श्रावण २०७६, सोमबार ११:४५

काठमाडौं \ नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्कदैछ । प्रधानमन्त्री ओली आज (सोमबार) अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने बताइएको छ ।

आइतवार स्वदेश फर्कने तयारीमा ररेको प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उनीको सिंगापुर बसाई लम्बिएको हो ।

स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमबार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक डा कुन्दन अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*