देखासिकीको लागि पढ्ने, सिक्नको लागि नपढ्ने युवा बढी : मन्त्री दुलाल

‘प्रदेश युवा परिषद् गठन’ गरी कार्यान्वयनको तयारी
२७ श्रावण २०७६, सोमबार १२:३०

सिधाखबर \ २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश ३ सामाजिक विकास मन्त्री युवराज दुलालले युवाहरु देखासिकीको लागि पढ्ने सिक्नको लागि नपढ्ने बताएका छन्, । मन्त्रालयको आयोजनामा भएको प्रदेश युवा विकास सम्बन्धि नीति तथा कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रमका बोल्दै उनले विभिन्न तह पास भएका सर्टिफिकेट थुपार्ने काम मात्र भयो तर सिक्ने खालको पढाइ नभएकोले युवामा समस्या रहेको बताए ।

हामी पास हुनको लागि पढ्यौं तर सीपमुलक ज्ञान तर्फ वा पढाई तर्फ ध्यान नभएकाले धेरै संख्यामा युवा बेरोजगार हुन पुगेको बताए । उनले राष्ट्रिय युवा नीति संसदमा पास गरेको र सोही अनुरुप युवा नेतृत्व विकास र उद्यमशिलताका लागि प्रदेश युवा परिषद् गठन गरी कार्यान्वयनको तयारीमा रहेको बताए । यस आर्थिक वर्षमा नयाँ ज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र व्यावसायिक उपयोग गर्न नवप्रवर्तक व्यक्ती वा संस्थाहरुलाई युवा वैज्ञानिक प्रोत्साहन कोष मार्फत उत्प्रेरित गरिने मन्त्री दुलालले बताए । हाल कोषमा १५ करोड रहेको छ ।

राजनितिक परिवर्तनमा युवाको ठुलो हात रहने हुनाले अब युवाले कृषि र आर्थिक क्रान्तिका लागि युवाले साथ दिनुपर्ने बताए । खबरदारी होइन प्रोत्साहन गरि युवा अघि बढ्नुपर्ने मन्त्री दुलालको जोड रहेको थियो । उनले अब युवाले मैले परिश्रम गर्नुपर्छ भन्ने कुरा बुझेर आफ्नो क्षमता अनुरुप काम गरि प्रदेशलाई नमुना लायक बनाउन आग्रह गरे ।अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका उप सचिव खविराम अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले युवा कार्यक्रमका उद्देश्य, सोच, चुनौती र अवस्थाबारे प्रस्तुतीमार्फत जानकारी दिएका थिए । कार्यक्रममा प्रदेश ३ का युवा संग सम्बन्धित प्रनिनिधिहरु, विद्यार्थी नेता, स्वंम सेवक, युवा नेता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*