‘प्रदेश सभा दर्पण’ दोस्रो अङ्क सार्वजानिक

८ गते बैठक बस्ने तयारी
२७ श्रावण २०७६, सोमबार १५:३४

सिधाखबर \ प्रदेश ३ प्रदेश सभाले प्रदेश सभा दर्पणको दोस्रो अङ्क सार्वजानिक गरेको छ । प्रदेश सभाले गरेको विभिन्न गतिविधि समेटेर तयारी पारिएको छ । महत्वपूर्ण कार्यहरुको विभिन्न गतिविधिहरुलाई समेटेर समय समयमा प्रकाशन गर्दा प्रदेश सभाको विभिन्न गतिविधिहरु परदर्शी हुनुका साथै कार्यालयको अभिलेखीकरणमा सहयोग पुग्ने हिसाबले प्रदेश सभा दर्पणको दोस्रो अङ्क प्रकाशन गरि सार्वजानिक गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

सभामुख श्रेष्ठले पुस्तकको विमोचन गर्दै सार्वजानिक गरेका थिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सभाका प्रमुख सचेतक रामेश्वर फुयाँल, सभासद्, सचिव, कर्मचारी र सञ्चारकर्मीहरु उपस्थिती रहेको थियो ।

कार्यक्रममा सभामुख श्रेष्ठले हाल सम्म संसदबाट ३६ वटा विधेयक पास भएको, समितिमा ५ वटा र नयाँ २ विधेयक रहेको बताए । साउनको पहिलो हप्ता बस्ने भनिएको प्रदेश सभाको बैठक विविध कारणले बस्न नसकेको बताए । अब भदौको ८ गते बैठक बस्ने तयारी रहेको सभामुख श्रेष्ठले बताए । मुख्यमन्त्री संग सल्लाह गरि ८ गते लाई बोलाउने तयारी रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*