युवाको क्षमता विकास अभिवृद्धि गर्न उपमहानगरले सहयोग गर्ने : मेयर महत

२८ श्रावण २०७६, मंगलवार ०८:३३

सिधाखबर  \ “शिक्षा रुपान्तरण स् उधमशिलता र नवप्रवर्तन” भन्ने मूल नाराका साथ हेटौँडामा २० औं अन्तर्राष्ट्रिय युवा दिवस सोमबार मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यूवा समितिको पहलकदमीमा युवा लक्षित कार्यक्रम गर्न उपमहानगर लागिपरेको र युवालाई स्वरोजगार बनाउन बजेट समेत छुट्याइएको  बताए । यसलाई सार्थक बनाउनु युवा समितिको समन्वयमा उचित ढंगले अगाडी आएमा आफुहरु युवाको क्षमता विकास अभिवृद्धि गर्न तयार रहेको नगर प्रमुख महतले विश्वस्त पारेका छन्, ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले हामी युवा हौँ मात्र भनेर बस्ने बेला नभएकोले आफ्नो अधिकार प्राप्तीको लागि युवाहरु जागरुक भएर लाग्नु पर्ने बेला भएको बताए । स्वदेशमा नै हामी युवा शक्ति स्वरोजगार हुन सकिन्छ भनेर प्रमाणित गर्न सके मात्र हाम्रो अधिकार प्राप्तीमा बल पुग्ने बताउँदै अध्यक्ष चौलागाईले स्थानीय तह देखि विभिन्न तालिम दिने संघ संस्थाले तालिम दिएको सबै तथ्यांक समेत राख्न नसकेको बताए ।

तालिम दिएका संघसंस्थाको तथ्यांकलाई नियाल्ने हो भने युवाको संख्या भन्दा बढिले तालिम लिएको देखिन्छ तर वास्तविकतामा हेर्ने हो भने, एउटा घरमा प्लास्टर गर्ने दक्ष जनशक्ति हामीसँग नभएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयले प्रदेश युवा परिषद् गठन गर्ने तर्फ संकेत गर्दै गरिरहेको बेला अध्यक्ष चौलागाईले देशमै रोजगारी स्थापित गरि युवाहरुलाई साँच्चै नै देशको सबल र सक्षम जनशक्तिमा परिणत गराउने तयार िरहेको बताए । साथै अध्यक्ष चौलागाईले आफुसँग मिशन तथा भिजन सहितको खाका समेत तयार रहेको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव खुविराम अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव सन्तोष कुमार अर्याल, घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरे लगायतले युवा भनेको सोच हो र युवालाई सक्षम बनाउनु लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*