महिला उद्यमीहरुद्धारा उत्पादन सामानको प्रदर्शन हुदैं

३ दिने मेलामा ५० वटा स्टल हुने
२८ श्रावण २०७६, मंगलवार १७:०५

सिधाखबर \ हेटौंडामा महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुहरुको प्रदर्शन हुने भएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला श्रृजनशिल केन्द्र काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा ३ दिने श्रृजनशिल उद्यमी मेला-२०७६ हुने भएको छ । भदौ महिनाको ५, ६ ७ गते पल्पसा हलमा मेला हुने जनाइएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघले मेला बारे जानकारी दिइएको थियो । संघका अध्यक्ष सुशिला पाण्डेले घरेलु तथा साना एंव लघु उद्यमी व्यवसायीहरुको उत्पादित उत्पादनहरुको प्रवद्र्धनमा टेवा पुग्ने हिसाबले मेला आयोजना गर्न लागेको बताईन्, ।

चाडपर्वको अवसर पारेर मेलामा उद्यमीहरुबाट उत्पादित कृषि उपज, दुग्धजन्य पदार्थ, स्थानिय कच्चापदार्थबाट उत्पादित हस्तकला सामाग्री, श्रृङ्गार सामाग्री, दैनिक उपभोग्य वस्तु एंव आवश्यक सामाग्री पदर्शन गरि बिक्रि वितरण गरिने अध्यक्ष पाण्डेले बताईन्, । मेलामा ५० वटा स्टल रहने र ३० लाख बराबरको कारोबार हुने अनुमान रहेको अध्यक्ष पाण्डेले बताइन्, ।

मेलामा करिब ११ लाख खर्च हुने अनुमान सहित मेलाको तयारी रहेको भन्दै अध्यक्ष पाण्डेले नाफा कमाउने भन्दा पनि सेवा दिने हिसाबले मेला आयोजना गर्न लागेको बताईन्, । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, संघका सल्लाहकार शर्मिला डंगोल, लक्ष्मी श्रेष्ठ, गणेश कुमारी श्रेष्ठ लगायत कार्यसमितिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*