१०१ घरधुरी सर्वे गर्दा ८५ प्रतिशत डेङ्गुको लार्भा प्युपा

१२५ जनामा डेङ्गुको लक्षण
२९ श्रावण २०७६, बुधबार १९:१४

सिधाखबर \ केहि समय यता हेटौंडामा डेङ्गुको लक्षण देखा परि विभिन्न अस्पतालमा उपचार भईरहेको छ । प्रदेश ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देनालयले आज हेटौंडामा पत्रकारहरु संग अन्तरक्रिया गरि डेङ्गु रोग र हेटौंडामा भएको पछिल्लो अवस्था बारे छलफल गरेको थियो । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु सरुवा रोग रहेको विज्ञहरुले जनाएका छन्, । हेटौंडामा ३४१ जनाको परिक्षण गर्दा १२५ जनामा डेंगु रोग देखा परेको निेर्देशनालयका निमित्त प्रमुख डा.शम्भु ज्ञवालीले बताए । १२५ जनामा पूरुष ६९ जना छन्, भने महिला ५६ जना रहेको उनले बताए ।

हेटौंडाको वडा ४ मा बढी मात्रामा विरामी रहेका छन्, । वडा ४ मा ६१ जना छन्, भने वडा ११ मा १० जनामा डेंगु देखा परेको बताए । विभिन्न वडा गरेर ४० जना डेंगुका विरामी रहेका छन्, । त्सैगरी वागमति गाउँपालिकाका २ जना, भिमफेदी गाउँपालिकाका २, मकवानपुरगढि गाउँपालिकाका १, मनहरी गाउँपालिकाका १ सहित रौतहट र सर्लाहीबाट हेटौंडा बस्ने १/१ जना विरामी भएको उनले बताए ।

हेटौंडा ४ मा बढी मात्रामा डेंगुको विरामी देखिएकाले त्यहाँ अनुगमन तथा डेंगुको लार्भाप्युपा नष्ट गर्न अनुसन्धान गरिएको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका शिशिर कुमार पन्तले बताए । वडा ४ मा १०१ घरको सर्वे गर्दा ८५ प्रतिशत लार्भा र प्युपा भेटिएको उनले बताए । हामीले ३५० वटा जमेको पानीमा हेर्दा २२० वटा जमेको पानीमा प्युपा भेटिएको पन्तले बताए । ३३२ वटा त प्युपा संकलन गरि डेंगु होकी होइन भनि परिक्षण गर्दा डेंगु रहेको पन्तले बताए । प्लास्टिकका ड्रम र घरको माथी जस्ता थिच्न राखेको टायरमा बढीमात्रामा भेटिएको जनाइएको छ ।

उनले डेंगुको जिवनचक्र नष्ट गर्नुपर्ने भएकाले घर वरिपरि पानी जमाएर कुनैपनि बोटल, ड्रम, गमलामा नराख्न आग्रह गरे । दिउँसोमा ननिस्कने र साँझमा रातमा सक्रिय हुने डेंगु शुद्ध पानीमा रहने गर्दछ । यसको आयु भनेको भालेको ७/१० दिन भने पोथीको २१ दिनको हुने डा. ज्ञवालीले बताए । मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले आफ्नो कार्यालयबाट भइरहेका डेंगुको कार्यक्रमबारे प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शशिकान्त झाले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*