सैनिक अदालतले पूर्वलडाकुलाई जेल हाल्नु संविधान विपरीत : देव गुरुङ

१ भाद्र २०७६, आईतवार १४:५८

 

काठमाडौं \ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन शाही नेपाली सेनाबाट भागेर माओवादी सेनामा प्रवेश गरेकालाई सैनिक अदालतले गरेको कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गोरखा आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई हालै सैनिक अदालतले सुनाएको जेल सजायप्रति विरोध जनाएका हुन् । गत साउन १२ गते सैनिक अदालतले सेनाबाट भागेको १३ वर्षपछि गोरखाका गुरुङलाई १० बर्षको जेल सजाय सुनाएको थियो ।

उनले सैनिक अदालतको यो निर्णय संविधान विपरीत रहेको उल्लेख गरे । ‘सैनिक अदालतको यो कदम नेपालको संविधान भन्दा विपरीत हुन्छ भन्ने लाग्छ’ उनले भने । ८ महिनाअघि भगतलाल नामका माओवादी लडाकुलाई पनि गिरफ्तार गरेर बन्दी बनाएको सांसद गुरुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*