जनवादी गणतन्त्र नभई पुँजीवादी गणतन्त्र रहेको : प्रवक्ता पहाड

गणतन्त्र देशको विकास नगर्ने र नहुने खालको
६ भाद्र २०७६, शुक्रबार १२:३५

सिधाखबर \ माओवादी जनमुक्ती सेना पार्टी नेपाल केन्द्रिय समितिले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै अहिले नेपालको गणतन्त्र पुँजीवाद तर्फ रहेको बताएकाछन्, । पार्टीका प्रवक्ता छविलाल वाईवा ‘पहाड’ले जनवादी गणतन्त्र आउनुपर्नेमा पुँजीवादी गणतन्त्र आएको बताए ।

उनले लामो समय जनयुद्ध गरेर ल्याइएको गणतन्त्र अहिलेको अवस्थामा गणतन्त्र आएको आभाष नभएको गुनासो पोखे । यो गणतन्त्र देशको विकास नगर्ने र नहुने खालको आएको समेत बताए । अब हाम्रो यो पार्टी निर्वाचन कार्यालयमा दर्ता प्रक्रियामा रहेको छ । हामी अहिले यस पार्टी बाट जनमुखि भावनाले देशप्रति काम गर्ने बताए ।

उनले राष्ट्र, राष्ट्रियता, जनजीविका र जनतन्त्र, देश भित्रको स्रोत साधनको प्रयोगकारी विधि र सम्वृद्ध नेपाल, सुखि सम्पन्न नेपाली भन्ने धारणा सहित हामी अघि बढीरहेको उनले बताए । हामीले १५ बुँदे माग सहित आज पत्रकार सम्मेलन गरेको बताए । उनले हाम्रो पार्टीको संगठन विस्तार तिव्रगति रहेको बताए ।  पत्रकार रवि लामिछाने र शालिकराम पुडासैनीको विषयमा बोल्दै प्रवक्ता पहाडले न्यायिक छानविन हुनुपर्ने र राज्यले चाडोभन्दा चाडो छानविन गरिनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*