कृषिमा परिवर्तन ल्याई व्यवसायिक रुपमा काम गर्नुपर्ने : मन्त्री खनाल

कृषि मन्त्री खनालले टनेल,गोठ र गोबर ग्यास प्लान्टको अवलोकन गरे
६ भाद्र २०७६, शुक्रबार १६:३२

सिधाखबर \ दिव्य सेवा निकेतन र कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीको कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत निर्माण भएको टनेल आज हेटौंडामा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका छन्, ।

उद्घाटन पश्चात मन्त्री खनालले नेपालको जनसंख्याको दुईतिहाइ किसान रहेकोले कृषिमा परिवर्तन ल्याई व्यवसायिक रुपमा काम गर्नुपर्ने बताए । कृषिजन्य काममा प्रदेश सरकार मात्र नभइ संघीय सरकारले सहयोग गर्ने बताए । यो समाज विखण्डीत भइरहेको अवस्था छ । आफ्ना बाआमालाई छोराछोरीले दिनुपर्ने माया र सत्कार हट्दै गइरहेको हुनाले राज्य सचेत हुनुपर्ने समेत बताए ।

कार्यक्रममा उनले निकेतनमा आश्रम लिएर बसेका बृद्धालाई फलफुल वितरण गरेका थिए । उनले निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला र संरक्षक महात्मा सुनिता वाईजीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

आव २०७५/७६को वजेट योजनाको कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम अन्र्तगत हेटौंडा १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन परिसरमा गोलभेडा, खुर्सानी, फुल बगैँचा लगाइएको छ । कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीबाट २५ लाख र संस्थाबाट १५ लाख ८८ हजार लगानीमा ग्रीन हाउसको निर्माण गरिएका छ । मन्त्री खनालले दिव्य सेवा परिसरमा नै निर्मित ३ वटा टनेल, बीउ भण्डारण कोठा, गोठ तथा भकारो सुधार, गोबर ग्यास प्लान्ट लगायतको अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, निकेतनका सल्लाहकार केदार न्यौपाने, मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की लगायत कृषि संग सम्बन्धित विज्ञहरुको उपस्तिथी रहेको थियो । कार्यक्रम दिव्य निकेतनका अध्यक्ष तेजराम निरौलाको अध्यक्षतामा भएको थियो ।

आजै उनले हेटौंडामा रहेका विषादी अवशेष परीक्षण प्रयोगशालाको निरीक्षण, पशुबधशालाको निरीक्षण, आधुनिक बाख्रा गोठको निरीक्षण, एग्रिनेट हाउसको उद्घाटन तथा अवलोकन र थोक बजार स्थल अवलोकन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*