मकवानपुर नेकपा भागवन्डा: एमालेले ६ र माओवादीले ४ स्थानमा नेतृत्व

सहमतिको आधारमा नेतृत्व चयन
८ भाद्र २०७६, आईतवार १२:१३

सिधाखबर \ नेपाल कम्युनिष्ठ पार्टी नेकपा मकवानपुरको आइतबार बिहान बसेको सचिवालयको बैठकले मकवानपुर जिल्लाका नगर र गाउँपालिकामा पार्टी एकिकरणलाई पूर्णता दिएको छ । बैठकले हेटौंडा उपमहानगरपालिका सँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको पार्टीका जिल्ला सचिव प्रेमबहादुर पुलामीले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको पुलामीले बताए ।

तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानिय तहमा नेतृत्व चयन गरेको छ । एमालेको हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिका भागमा परेको छ ।

त्यस्तै राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका माओवादीको भागमा परेको सचिव पुलामीले बताए । जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन् ।

जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज विरोध खतिवडा, सहइन्चार्जद्वय कुमारी मोक्तान र रामेश्वर राना, प्रदेश सदस्य अन्नत पौडल, प्रल्हाद लामिछाने र जिल्ला सचिवालयका सदस्यको सहभागिता रहेको थियो ।

यी हुन स्थानियतहका नेकपाका अध्यक्ष सचिवको नामावली :

हेटौँडा उपमहानगरपालिका
अध्यक्षः रघु आचार्य, सचिवः तीर्थ थापा

थाहा नगरपालिका
अध्यक्ष अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली

वागमती गाउँपालिका
अध्यक्ष अरुण बल, सचिव उत्तम पौडेल

वकैया गाउँपालिका
अध्यक्षः नारायण तिमल्सिना, सचिव भक्तबहादुर खत्री

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः रामजी सापकोटा, सचिवः राजकुमार खड्का

भीमफेदी गाउँपालिका
अध्यक्षः सानु थापा, सचिवः दीपक गोले

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः ऋषि पुडासैनी, सचिवः बिर्जु तामाङ

मनहरी गाउँपालिका
अध्यक्षः रामप्रसाद कालाखेती, सचिवः हेमलाल उप्रेती

राक्सिराङ गाउँपालिका
अध्यक्षः हस्तबहादुर मुक्तान, सचिवः ओम स्याङ्तान

कैलास गाउँपालिका
अध्यक्षः बुद्धिबहादुर मुक्तान, सचिव लालसिं गुरुङ

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*