प्रदेश सभा दुई महिनापछि आज बैठक बस्दै

के राजधानी र नामाकरणको विषय उठ्ला ?
८ भाद्र २०७६, आईतवार १३:०६

सिधाखबर \ प्रदेश ३ को प्रदेश सभाको बैठक करिब दुई महिनापछि आज आइतबार २ बजे बस्दै छ । गत असार १२ मा वर्षे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक वजेट पारित गर्दै स्थगित प्रदेशसभा बैठक भदौ ८ गते आजलाई आह्वान गरिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी बताए ।

संसद्को कार्यव्यवस्था समितिकोे बैठकले आज संसदमा पेस हुने एजेण्डाहरु तय गरिएको सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकका लागि संसदको कार्यव्यवस्था समिति प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरेको अनुसार लामो समयदेखि स्थगित प्रदेशसभा बैठक आजलाई तय गरिएको बताए ।

हाल प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक प्रदेश सभामा विधेयक दर्ता भएका छन । यसअघि विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका छन्, । ती बिधेयकहरु प्रदेश सभाले पास गर्ने योजना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*