विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य गौतमले पार्टी परित्याग

१० भाद्र २०७६, मंगलवार १४:५२

हेटौंडा \ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जिल्ला सदस्यले अदालतबाट रिहा हुने बित्तिकै पार्टी परित्याग गरेका छन् । नेकपाका जिल्ला कमिटी सदस्य भीमप्रसाद गौतमले पार्टी परित्याग घोषणा गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाको जिल्ला सदस्य भएकै कारण उनि २०७६ साउन १७ गते हेटौंडाबाट प्रक्राउ परेका थिए । भदौ ८ गते १० हजार धरौटीमा रिहा भएका गौतमले आज पत्रकार सम्मेलन गर्दै विप्लव निकट नेकपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले अब स्वतन्त्र रुपमा पेश व्यवसाय गरेर बस्ने बताए ।

उनले भने– आजका मितिदेखि म कुनै पनि पार्टीमा आवद्ध छैन । अब स्वतन्त्र नेपाली नागरिक भएर बस्छु । नेकपाको कसुनै पनि क्रियाकलापमा मेरो सम्लग्नता आजबाट छैन ।’ हेटौंडा–४ का गौतम नेपाल अटो र्ईरिक्सा व्यवसायी संघ हेटौंडाका अध्यक्ष हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*