एक बर्षका लागी हेटौडा भेट्रान्सलाई डक्टर डेनिमको जर्सी

१९ भाद्र २०७६, बिहीबार १२:१२

आज देखी बजारमा आएको डक्टर डेनिम क्लोथिङ्ग मेन्स वेयर कपडा कंम्पनीले एक बर्षको लागी हेटौडा भेट्रान्स कल्बलाई फुटबल खेल्ने जर्सी प्रदान गरेको छ । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको अबसर पारेर आज कंम्पनीको तर्फबाट हेटौडाको आधीकारीक बिक्रेता युनिक फेन्सीका संचालक सरोज चौलागाईले पहिलो चरणको लागी २० थान जर्सी सेट कल्बलाई हस्तान्तरण गरेका थिए ।

जर्सी ग्रहण गर्दै हेटौडा भेट्रान्सको उपाध्यक्ष नबराज बज्रचार्यले डक्टर डेनिम क्लोथिङ्ग मेन्स वेयर कपडा कंम्पनीलाई धन्यबाद दिदै जर्सी लगाएर खेल खेल्दा कंम्पनीको प्रचार पनि हुने र आफुहरुलाई सहयोग पनि हुने भनदै हेटौडा भेट्रान्सले आगामी दिनमा खेल्ने हरेक खेलमा डक्टर डेनिमकै जर्सी लगाएर खेल खेल्न आफनो कल्बका खेलाडीहरु तयार रहेको बताए । कम्पनीको तर्फबाट जर्सी हस्तानतरण गर्दै चौलागाईले आगामी एक बर्ष भित्र कल्बले खेल्ने हरेक खेलमा जर्सी तथा अन्य सहयोग उपल्बध गराउन आफुहरुको प्रतिबद्धता रहेको ब्यक्त गरे ।

हेटौडा भेट्रान्सले आगामी असोजको पहिलो हप्ता चित्तवन र काठमाण्डौमा आयोजना हुने भेट्रान्स कप फुटबल खेलमा पनि यही कंम्पनीको जर्सी लगाएर खेल खेल्ने बताएको छ । आज देखी देशैभर बजारमा आएको कंम्पनीको हेटौडाको लागी राप्तीरोडमा रहेको युनिक फेन्सी र पारीजातपथमा रहेको यु टु फेन्सीले आधीकारीक बिक्रीबितरण गर्ने जनाएको छ । केही समय अघि यो कंम्पनीको आधारीक ब्राण्ड एम्बेसडर चलचित्र प्रेम गीत ३ का डेब्यु कलाकार मनिष राउतलाई नियुक्त गरीएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*