प्रदेश ३ को प्रदेशसभा बैठक भदौ २३ गते बस्ने

२० भाद्र २०७६, शुक्रबार १३:५०

सिधाखबर \ प्रदेश ३ को प्रदेशसभा बैठक भदौ २३ गते सोमबार बस्ने भएको छ । गत भदौं १२ गते दुई बिधेयक पारित भएसंगै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । १२ दिनपछि बस्न लागेको प्रदेशसभा बैठक दिउँसो २ बजेको लागि बोलाईन लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

यसअघि मूख्यमन्त्री डोरमणी पौडेलले पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयक, प्रदेश मामिला समिति, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेश गरेको सार्वजनिक नीजि सहकारी साझेदारी सम्बन्धी विधेयक, अर्थ तथा विकास समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी विधेय उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाउने निर्णय सर्वसम्मत भएसंगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक दर्ता भएका छन, जसमध्ये ३८ वटा पारित भएका छन् भने ३५ वटा प्रमाणीकरण भइसकेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*