लालखबरले क्यान्सर पीडित रेनु दमाईलाई आर्थिक सहयोग प्रदान

२० भाद्र २०७६, शुक्रबार १६:२६

सिधाखबर \ रेड राइजिङ मिडिया प्रा.लि.द्धारा हेटौंडाबाट सञ्चालित लालखबर डटकमले छाला क्यान्सरबाट पीडित ११ वर्षीय रेनु दमाईलाई आर्थिक सहयोग गरेको छ । दमाईको उपचारका लागि संकलन भएको १८ हजार १ सय ८५ रुपैयाँको चेक प्रा.लि.का अध्यक्ष राज सापकोटा र कार्यालय संयोजक राजेश थापाले सीताराम दमाईलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

लालखबरका कार्यालय संयोजक थापाको संयोजकत्वमा जनहितका लागि आर्थिक सहयोग संकलित रकम बिरामीका बुवा सिताराम दमाईलाई  एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेका थिए ।

छाला क्यान्सर पिडितको उपचारमा १२ लाखभन्दा बढी रकमको आवश्यकता परेकोले सो रकम परिवारले जुटाउन नसक्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेको हुदाँ केहि रकम संकलन गरेर सहयोग गरेको संयोजक थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*