कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन

२० भाद्र २०७६, शुक्रबार १७:०६

सिधाखबर \  नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभाअन्र्तगतको दुई क्षेत्रको सभापतिमा खनाल र सापकोटा चयन भएका छन् ।

कांग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा दामोदर खनाल र क्षेत्र नम्बर दुईको सभापतिमा यतिराज सापकोटालाई चयन गरिएको हो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद न्यौपानेको रोहबरमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तह पुर्नसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम खनाल र सापकोटालाई क्रमशः १ र २ नम्बर प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा साविक १ नम्बर क्षेत्रीय सभापति खनाल र ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई मध्ये बढी कार्यकाल क्षेत्रीय सभापति भएका खनाललाई प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा चयन गरिएको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताए ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर दुईमा साविक २ नम्बर क्षेत्रीय सभापति सापकोटा र ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान मध्येबाट भुगोल, क्रियाशिल सदस्यता र क्षेत्रीय प्रतिनिधिको आधारमा सापकोटालाई क्षेत्र नम्बर २ प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो । दुवै प्रतिनिधिसभा क्षेत्रमा पदाधिकारी र सदस्य भने साविक दुईरदुई क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु कांग्रेसको स्थानीय तह पूर्नसंरचना अन्तरिम निर्देशिका बमोजिम कार्यसमितिमा स्वतः रहने केन्द्रीय प्रतिनिधि न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*