पुरानो नारायणी यातायात कंम्पनीले गर्‍यो सिडियो जोशीको स्वागत

२० भाद्र २०७६, शुक्रबार १८:०४

सिधाखबर \ पुरानो नारायणी यातायात कंम्पनी प्राली हेटौडाले मकवानपुरमा भर्खरै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीलाई स्वागत सममान गरेको छ । आज हेटौडामा रहेको आफनो मुख्य कार्यलयमा जोशीलाई संघका अध्यक्ष हिरालाल श्रेष्ठ महासचिब सरोज कुमार खनाल, निबर्तामान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगाएतका कार्य समितीले उहाँलाई फुलमाला दिएर स्वागत गरेका थिए ।

जिल्लामा सरुवा भई आउने नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत सम्मान गर्ने संघको पुरानो चलनलाई निरन्तरता दिदै संघले कार्यक्रम आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताए । प्रमुख जिल्ला अधिकारी जोशीले आफुलाई स्वागत सम्मान गरेकामो आभार ब्यक्त गर्दै यो परीपार्टीले आफुलाई हौशला मिलेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*