मन्त्रालय परिसरमा शिक्षा सम्बन्धित शैक्षिक प्रदर्शनी

सभामुख श्रेष्ठद्धारा प्रदर्शनीको अवलोकन
२२ भाद्र २०७६, आईतवार १४:२२

सिधाखबर \ प्रदेश ३ सामाजिक विकास मन्त्रालयले आज मन्त्रालय परिसरमा शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक प्रदर्शनी गरिएको मन्त्रालयले जनाएको छ ।

हामी सबैको प्रण सार्वजानिक शिक्षा प्रणालीको सवलीकरण भन्ने नाराका साथ प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठको उपस्थितीमा शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको थियो । सभामुख श्रेष्ठले प्रदर्शनीको अवलोकन गरेका थिए । उनी संगै मन्त्रालयका मन्त्री युवराज दुलालले पनि अवलोकन गरेका थिए ।

प्रदर्शनीमा जिल्लाका विभिन्न सामुदायिक र संस्थागत विद्यालयले विभिन्न शैक्षिक प्रदर्शनी गरेका थिए । जिल्लाका ९ वटा विद्यालयले आफ्नो कार्यकुशलका साथ प्रदर्शनी गरेका थिए ।मन्त्रालयले सहभागिता जनाउने सबै विद्यालयलाई प्रशंसा पत्र प्रदान गरेको थियो भने उत्कृष्ट हुनेलाई नगद सहित प्रशंसापत्र प्रदान गरेको थियो ।

प्रदर्शनीमा सान्त्वना हुने सिदार्थ माविलाई चार हजार, तृतिय हुने ज्योती माविलाई छ हजार, द्धितिय हुनेमा बालजागृति बोर्डिङ स्कुललाई ८ हजार र प्रथम हुनेमा आधुनिक माविलाई १० हजार सहित प्रशंसापत्र प्रदान गरिएको थियो । हेटौंडा ६ मा रहेको बंशगोपाल माविका विद्यार्थीले सार्वजानिक शिक्षामा सवलीकरण नलगाउ पछि हल्लैको भन्दै नृत्य सहित गीत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*