वैज्ञानिक शिक्षा प्रणाली हुनुपर्छ : सभामुख श्रेष्ठ

मन्त्री दुलाल भन्छन्, शिक्षक पेशा गौरवको पेशा हो
२२ भाद्र २०७६, आईतवार १५:००

सिधाखबर \ प्रदेश ३ सभाका सभामुख सानुकुमार श्रेष्ठले अबको शिक्षा वैज्ञानिक प्रणाली अनुरुप हुनुपर्ने बताएका छन्, । सामाजिक विकास मन्त्रालयको आयोजनामा ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोहको अवसरमा सभामुख श्रेष्ठले शिक्षा प्रणाली परिवर्तन नगरे सम्म शैक्षिक स्तरवृद्धि नहुने बताए ।

उनले आफु विगतमा शिक्षक भएर काम गरेकोले नेपालको शिक्षा प्रणालीमा वैज्ञानिक प्रणाली नभए सम्म शैक्षिक स्तरवृद्धिमा कमि हुने बताए । जब सम्म शिक्षामा सवलीकरण हुदैन शिक्षा प्रणाली बिग्रने अवस्थामा पुग्ने बताए । अब विज्ञहरुको उपस्थितीमा पाठ्यक्रम बनाएर विद्यालय स्तरमा प्राविधिक विषय पढाउन प्रदेश सरकार लाग्ने बताए । जसका लागि आवश्यक जनशक्ती खोजी गरि यो कार्यलाई अघि बढाउने बताए ।

कार्यक्रममा बोल्दै मन्त्री युवराज दुलालले शिक्षक पेशा गौरवको पेशा रहेको बताए । शिक्षा क्षेत्रलाई तिन तहको सरकारले साझा अधिकारको रुपमा लिएको समेत बताए । राष्ट्रिय शिक्षा निति ल्याएका छौं अब शिक्षकहरुलाई विभिन्न क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिने बताए । मन्त्री दुलालले निराशावादी चिन्तन भएका कर्मचारी होइन सम्भावना र साहसी देख्ने जनशक्ती कर्मचारी आवश्यक रहेको बताए ।

समारोहमा एसईई परिक्षामा उत्कृष्ट हुने प्रदेश ३ का विभिन्न संस्थागत र सामुदायिक विद्यालाई नगर सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रदेश ३ को सामादायिक तर्फ उत्कृष्ट पाचौं हुन सफल बलम्ब माध्यामिक विद्यालय काठमाडौंलाई २५ हजार, चौथों हुन सफल पृथ्वीनारायण माध्यामिक विद्यालय काठमाडौंलाई २५ हजार, तृतिय हुन सफल ज्ञानोदय माध्यामिक विद्यालय काठमाडौंलाई ३० हजार, दोस्रो हुन सफल तरुण माध्यामिक विद्यालय बालाजु काठमाडौंलाई ४५ हजार र प्रथम हुन सफल भक्तपुरको मेघा माध्यामिक विद्यालयलाई साठी हजार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

त्यसैगरि संस्थागत तर्फ उत्कृष्ट भई तेस्रो हुनेका भ्याली भ्यु इङ्लिस स्कुल नयाँवानेश्वरलाई ३० हजार, दोस्रो हुने नेपाल प्रहरी स्कुल साँगा भक्तपुरलाई ४५ हजार र प्रथम हुनेमा कपन काठमाडौंको रिलायन्स इंन्टरनेशनल एकेडेमीलाई ६० हजार नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभाका कृषि,स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनश्याम दाहाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.यमुना कंडेल,मन्त्रालयका शिक्षा विकास निर्देशनालयका कामु निर्देशक चन्द्रप्रसाद ढकाल लगायतकाले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मन्त्री दुलालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*