सेटिङ चल्ने हुदाँ भष्ट्राचार बढेको र कुनै कारवाही नभएको : अध्यक्ष थापा

ठुला व्यापारी, नेता र कर्मचारीहरु सबै सेटिङमा चल्ने
२३ भाद्र २०७६, सोमबार १६:०१

सिधाखबर \ राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले आज हेटौंडामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको छ । संगठन निर्माण वर्ष-२०७६ मनाइरहेको राप्रपाले हेटौंडामा प्रशिक्षण कार्यक्रम गरेको हो । पार्टीको केन्द्रीय अध्यक्ष कमल थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यो वर्ष संगठन निर्माण वर्षको रुपमा लिएको बताए । आगामी पुस महिना सम्म स्थानिय तहको वडा देखि केन्द्र सम्म पार्टी गठन र पुर्नगठन गरिने बताए । पार्टीको विभिन्न भातृसंगठनहरुलाई सबै स्थानिय तहमा विस्तार गरिने समेत बताए ।

अध्यक्ष थापाले राप्रपाले संगठन निर्माण पश्चात आगामी निर्वाचनमा सहज हुने बताए । देशभर संगठन निर्माणको काम भइरहेकोले तीनलाख पार्टी सदस्य बनाउने लक्ष्य रहेको बताए । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्ष दल नेपाली कांग्रेस दुबै दलहरु असफल प्रमाणित भइकेका छन्, । सरकार र प्रतिपक्ष दलको केहि मानिसहरुकै सेटिङमा वाईडबडी, एनसेलको विषयमा नबोलेको आरोप लगाए ।

उनले दुइ तिहाइको सरकारले जनतालाई सकारात्मक परिवर्तनको अनुभुति गराउन नसकेको भन्दै भष्ट्राचार स्थानिय तह देखि केन्द्र सम्मको सरकारमा जालो फैलिएको बताए । ठुला व्यापारीहरु, ठुला नेताहरु र ठुला कर्मचारीहरुले त्रिकोणात्मक गठबन्धन तयार गरेर देशमा लोकतन्त्रको आडमा ब्रम्हलुट गरिरहेका छन्, ।

व्यापारी, नेता र कर्मचारीहरुले सबै ठाउँमा सेटिङ मिलाएर प्रशासनमा राजनितिक, व्यापारिक र हुदाँहुदाँ न्यायिक क्षेत्रमा समेत आफ्ना मान्छेहरु भर्ति गर्ने र सेटिङ मिलाएर भष्ट्राचार गरिरहेका बताए ।

अध्यक्ष थापाले नेपालमा ऐतिहासिक भष्ट्राचारको रुपमा मोवाइल प्रदायक संस्था एनसेलमा अरबौं रुपैया र वाइवडी काण्डमा समेत अरबौं रुपैया भन्दा बढी भष्ट्राचार गरेको पाइएको छ । अझ सुन काण्डको त कुरै छोडौं । प्रधानमन्त्रीको निवास संग जोडिएको वालुवाटारको सरकारी जग्गा भुमाफियाहरु संगको मिलोमतोमा किनबेच गरि व्यक्तीको नाममा गर्ने कार्य यी ठुला व्यापारी, कर्मचारी र नेताहरुको साँठगाँठमा भएको बताए । देशमा स्थानिय तह देखि केन्द्र तह सम्म सेटिङ चल्ने हुदाँ भष्ट्राचार बढी रहदाँ कुनै कारवाही नभएको बताए । यस्ता सेटिङहरु बन्द गर्ने हो भने नेपालमा भष्ट्राचार न्युन हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*