वीपीको जन्मजयन्तीको अवसरमा रक्तदान

२४ भाद्र २०७६, मंगलवार १२:२६

सिधाखबर \ जननायक वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । वीपी विचार समाज मकवानपुरको आयोजनामा र कोइराला सेवा समाज, नेपाल, मकवानपुरको संयोजनमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री शसांक कोइरालाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पार्टीका जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्, । कार्यक्रम वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*