हेटौंडामा विपीको जन्मजयन्तीको अवसरमा प्रदेश स्तरीय अन्तरक्रिया

२४ भाद्र २०७६, मंगलवार १५:२०

सिधाखबर \ महामानव वी.पी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा प्रदेश ३ स्तरीय हेटौंडामा मुलुकको भावी अर्थनीति र प्रजातान्त्रिक समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रजातान्त्रिक विचार समाज प्रदेश स्तरीय ३ को आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

नेपाली कांग्रेस पार्टीका महामन्त्री शसांक कोइरालाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । प्रदेश ३ का विभिन्न जिल्लाका सभापति तथा प्रजातान्त्रिक विचार समाजका प्रतिनिधि तथा अनुयायीहरुको सहभागितामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनर सिंह केसी, संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महिला उपाध्यक्ष डा. विमला शाक्य, महासचिव गोकर्ण अर्याल, मकवानपुर जिल्लाका पार्टीका उपसभापति विष्णुप्रसाद प्रवक्ता प्रदिप कोइराला लगायत जिल्लातहका नेताहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा वीपीको विषयमा अर्थविद् डा. नारायण नरसिंह खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम समाजका प्रदेश ३ संयोजक भरत प्रसाद दवाडीको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*