डिजेल र पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

२४ भाद्र २०७६, मंगलवार १५:४०

हेटौंडा \ नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू भएको डिजेल /मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ / २ रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*