एक वर्षमा प्रदेश ३ मा ८ सय १७ जनाले गरे आत्महत्या

विश्वभरिमा प्रत्येक दिन १६ जनाले गर्छन आत्महत्या
२४ भाद्र २०७६, मंगलवार १६:५७

सिधाखबर \ गत आव २०७५/७६मा प्रदेश ३ का ८ सय १७ जनाले आत्महत्या गरेका छन्, । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुरुप आत्महत्या रोकथामसम्बन्धि अन्तक्र्रियामा उक्त तथ्याङ्क सार्वजानिक गरिएको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै चौधरीले आत्महत्या न्यूनिकरणका लागि आफ्ना बालबालिकाहरुलाई कुनै पनि किसिमको मानसिक तनावबाट टाढै राख्न जरुरी रहेको बताए । कुनै पनि किसिमको मानसिक तनाव नलिने भएमा तनाव भएको खण्डमा आफ्ना आफन्तहरुसँग खुलेर कुरा गर्ने बानी बसाल्नु पर्ने बताएका छन्, । उनले क्षणिक आवेगमा आएर अमूल्य जिवनको नाश भईरहेको भन्दै आफुलाई मानसिक तनावबाट मुक्त राख्न मै ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश कुमार सिंहले प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख गरिएको बताउँदै वर्षमा ८ लाख जनाले आत्महत्या गर्ने गरेको बताए ।

सिंहले देशभरिमा प्रत्येक दिनमा १६ जनाले आत्महत्या गर्ने गरेका छन् भने वर्षमा ५ हजारको संख्यामा आत्महत्या हुने गरेको तथ्याङ्क रहेको छ । मकवानपुरमा मात्र वार्षिक रुपमा १ सय ५८ जनाले आत्महत्या गर्ने गरेका छन् भने गत वर्षको तथ्यांकअनुसार प्रदेश ३ मा ८ सय १७ जनाले आत्महत्या गरेको प्रहरी प्रमुख सिंहले बताए । ८ सय १७ जना मध्ये महिला ३ सय ७५ जना र ४ सया ६३ जनाले आत्महत्या गरेका छन्, । सिंहले आत्महत्या गर्नेको संख्या बढी भएका राष्ट्रहरुमा नेपाल सातौं स्थानमा रहेको छ भने दक्षिण एसियामा श्रीलंकापछि नेपाल दोश्रो स्थानमा रहेको बताए ।

सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता भएको कार्यक्रममा सशस्त्र प्रहरी १४ नम्बर गणका प्रहरी उपरीक्षक विकास घिमिरे, प्रदेश ३ का प्रहरी उपरीक्षक अरुण पौडेल, हेटौंडा ११ का वडा अध्यक्ष गोकर्ण प्रसाद पराजुली, हेटौंडा अस्पतालका डा.सागर काफ्ले र डा. सन्ध्या अधिकारी, टोल विकास समतिका अध्यक्ष तथा आमा समुहको सहभागितामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*