नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

२५ भाद्र २०७६, बुधबार ०८:२१

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयकका अधिकांश विषयमा सहमति जुटाइ सकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो ।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ ।

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*