मिस कलिउडको ग्रायण्ड फिनायल शुक्रबार हेटौंडामा हुदैं

२६ भाद्र २०७६, बिहीबार १४:३५

सिधाखबर \ सुपर कलिउड डान्स एण्ड फिटनेस प्रालिको आयोजनामा शुक्रबार हेटौंडामा मिस कलिउडको ग्राण्ड फिनायल हुने भएको छ । विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको प्रालिले ४५ दिनको प्रशिक्षण पश्चात फिनायल हुन लागेको प्रालिका अध्यक्ष सुजन श्रेष्ठले बताए ।

कोरिया भाषाको प्रशिक्षण दिदैं आइरहेको आरिराङ कोरियन ल्याङ्ग्वेज ट्रेडिङ सेन्टरको आइटल स्पोन्सरमा कार्यक्रम हुन लागेको श्रेष्ठले बताए ।

त्यसैगरि कार्यक्रमको पावरड वाईमा क्याची टुर्स एण्ड ट्राभल्स प्रालि रहेको उनले बताए । कार्यक्रमको  ईन एशोसियसन विथमा बैंक अफ काठमाण्डु लिमिटेड रहेको श्रेष्ठले बताए ।

मिस कलिउडमा १८ जनाले प्रतिस्पर्धा गर्ने छन्, । हेटौंडाको क्लब हेटौंडामा हुने मिस कलिउडमा विजेताले १ लाख, फष्ट रनरअफले ५० हजार र सेकेन्ड रनरअफले २५ हजार नगद प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*