‘वर्किङ भिसा’ पाउने बेलायतमा पढाइपछि

२७ भाद्र २०७६, शुक्रबार ०८:१९

बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म ‘वर्किङ भिसा’ पाउने भएका छन् ।

सरकारले शैक्षिक सत्र २०२०/२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ ।

अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ ।प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*