नेयमार बार्सिलोना फर्किएमा मेस्सी खुशी

२७ भाद्र २०७६, शुक्रबार ०९:११

काठमाडौं \ बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले ब्राजिलियन स्टार नेयमार बार्सिलोना फर्किएमा आफु सबैभन्दा धेरै खुशी हुने बताएका छन् । स्पेनिस पत्रिकालाई अन्तवार्ता दिँदै मेस्सीले नेयमार फर्किए क्लबको उद्येश्यहरु पूरा हुने सम्भावना थप बलियो हुने बताए ।

२७ बर्षीय नेयमार दुई बर्षअघि बार्सिलोना छाडेर किर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० गएका थिए । कुनैपनि हालतमा पीएसजी छाडेर बार्सिलोना फर्कन चाहेका नेयमारको चाहनाले यसपटक पूर्णता पाउन सकेन । पीएसजी र बार्सिलोनाबीच सहमति नमिलेपछि नेयमार आगामी जनवरी सम्म पीएसजीमै रहनेछन् ।

मेस्सीले नेयमारलाई क्लबमा फर्काउन साच्चै प्रयास भयो भएन त्यो आफुलाई थाहा नभएको पनि बताए । ‘नेयमारलाई म क्लबमा चाहन्छु । तर केही मानिस उनको आगमनको विपक्षमा छन् । खेलको स्तर हेर्दा मलाई लाग्छ नेयमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*