मिस कलिउडको विजेता बनिन् दीक्षा लामा

फस्टरनरफ श्रृष्टि, सेकेन्ड रनरफ प्रजक्ता
२८ भाद्र २०७६, शनिबार १७:१६

सिधाखबर \ शुक्रबार राती हेटौंडामा सम्पन्न भएको मिस कलिउडको विजेता दीक्षा लामा बनिन् । १८ जना प्रतिस्पर्धिलाई उछिन्दै उनले विजेताको ताज शिरमा लगाईन्, । ताज संगै उनले १ लाख नगद समेत हात पारेकी छिन्, ।

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिले आयोजना गरेको मिस कलिउडको फस्ट रनरफको ताज श्रृष्टि बज्रचार्यले हात पारिन्, । उनले ताज संगै नगद ५० हजार पनि प्राप्त गरेकी छिन्, । त्यस्तै मिस कलिउडको सेकेन्ड रनरफ प्रजक्ता राजबहाकले हात पारिन । ताज संगै उनले २५ हजार नगद पनि प्राप्त गरेकी थिइन्, ।

४५ दिने प्रशिक्षण पश्चात शुक्रबार भएको ग्राण्ड फिनायल कार्यक्रममा विजेताहरुलाई प्रमुख अतिथिको रुपमा रहनुभएका संविधान सभाका संसद अनन्त प्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए ।

१८ जना प्रतिस्पर्धी मध्येबाट पहिलो चरणमा टप १२ र दोस्रो चरणमा टप ५ गरि निर्णायक मण्डलले आफ्नो भूमिका निभाएका थिए । मिस कलिउडको राकेशमान श्रेष्ठ मुख्य निर्णायकको रुपमा रहेका थिए । उनको टोलीमा अन्य ४ जना निर्णायकहरु रहेका थिए ।

प्रतिस्पर्धामा टप ५ भित्र खुशी काफ्ले, दीक्षा लामा, श्रृष्टि बज्रचार्य, प्रजक्ता राजबहाक र सुजिना श्रेष्ठ पुगेका थिए । जसमध्येबाट विजेताहरु घोषणा गरिएको थियो । कार्यक्रम फिटनेस प्रालिका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


कस्ले कुन टाइटल हात पारे ?

-मिस डिसिप्लीन निशा तामाङ
-मिस वेस्ट वाल्क सुमिना बोगटी
-मिस ट्यालेन्ट रविना गोले तामाङ
-मिस पङ्चुअल इशा भट्टराई
-मिस फोटोजेनिक सुजेना श्रेष्ठ
-मिस पर्सनालिटी खुशी काफ्ले
-मिस फ्रेन्डली सीमा तामाङ
-मिस कन्फिडेन्ट सुप्रिमा चौलागाई
-मिस इन्टिलेजन गौरी डिम्डुङ
-मिस वेस्ट स्किन श्रृष्टि बज्रचार्य
-मिस वेस्ट हेयर सुजेना श्रेष्ठ
-मिस प्रफमेन्स श्रृष्टि बज्रचार्य
-मिस वेस्ट फिगर सीमा तामाङ
-मिस बब्ली निमा घिसिङ
-मिस इनोभेटिभ मुस्कान राई
-मिस डाईनामिक दीप्शा खरेल
-मिस वेस्ट व्युटी विथ प्रपोज प्रजक्ता राजबहाक
-मिस स्टालिस एन्जिला स्याङ्वो
-मिस वेस्ट डान्स सुजिना तामाङ
-अर्गानाइजेशन च्वाइस टाइटल रविना गोले तामाङ
-कोरियोग्राफर च्वाइस मुस्कान राई
-पब्लिक च्वाइस टाइटल सुजेना श्रेष्ठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*