विद्यालय स्तरीय दौडमा छात्रतर्फ रामराज, छात्रातर्फ मधु प्रथम

२८ भाद्र २०७६, शनिबार २०:२०

सिधाखबर \  नेपाल बाल संगठन मकवानपुर शाखाको आयोजनामा रष्ट्रिय बाल दिवस २०७६ को अवसरमा हेटौँडामा विद्यालय स्तरीय दौड प्रतियोगिता भएको छ ।

३ किलोमिटर दौड प्रतियोगिताको छात्र तर्फ बालमन्दिर भिमफेदीका रामराज शाही प्रथम, प्रगती माविका सागर लामा दोश्रोे र महेन्द्र मावि फिमफेदीका कमल धामी तेश्रो भएका छन् । हेटौंडाको बुद्ध चोकबाट सुरु भएको दौड प्रतियोगिता हेटौंडा ५ सानो पोखरा गणेश मन्दिर पुगेर पुनः बुद्धचोक पुगी सकिएको थियो । प्रतियोगितामा छात्रा तर्फ चन्द्रोदय माविकी मधु चौधरी प्रथम, वंशगोपाल माविकी सपना तिमिल्सिना दोश्रो र प्रगती माविकी शान्ति थिङ तेश्रो भएकी थिईन्, । विजयी हुने छात्र तथा छात्रालाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार रुपैया सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा हेटौडा वडा १ का अध्यक्ष सविन न्यौपाने, जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख राजन दाहाल, संगठनका सदस्य लक्ष्मी मोक्तान, एक्लेटिथ संघका अध्यक्ष प्रभाकर पाण्डे, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

दौड प्रतियोगितामा ११ विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । बाल संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*