तेस्रो मिस्टर मकवानपुर हेटौंडामा हुदैं

३० भाद्र २०७६, सोमबार १९:२४

सिधाखबर \ हेटौंडामा तेस्रो मिस्टर मकवानपुर हुने भएको छ । आगामी असोज ९ गते हेटौंडामा भव्य रुपमा कार्यक्रम हुन लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको थियो । मकवानपुर वडि बिल्डिङ एण्ड फिटनेस एशोसिएसनको आयोजनामा मिस्टर मकवानपुर हुन लागेको हो ।

विभिन्न ५६ तौल समूहका प्रतिस्पर्धीहरुले कार्यक्रममा प्रतिस्पर्धी गर्नेछन्, । ५० किलो देखि माथी तौल भएकाले कार्यक्रममा सहभागिता जनाउन सकिने कार्यक्रम संयोजक सुजन श्रेष्ठले बताए । कार्यक्रममा ३० जना भन्दा बढीले सहभागिता जनाउने छन्, । हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजकको रुपमा रहेको आयोजकले जनाएको छ ।

मिस्टर मकवानपुरको टाइटल विजेताले मोटरसाइकल पुरस्कार प्राप्त गर्ने संयोजक श्रेष्ठले बताए । केहि समय अघि हेटौंडामा सम्पन्न मिस कलिउडका विजेता,फस्टरनरफ र सेकेन्डरनरफलाई सम्मान गर्दै उनीहरुको विशेष सो समेत रहने श्रेष्ठले बताए ।

प्रत्येक तौलका विजेतालाई १० हजार नगद पुरस्कार प्रदान गरिने एशोसियसनका अध्यक्ष राजेश भेटुवालले बताए । टाइटल विजेताले मोटरसाइकल प्राप्त गर्दा फस्टरनरफ र सेकेन्ड रनरफलाई विशेष पुरस्कार प्रदान गरिने अध्यक्ष भेटुवालले बताए । कार्यक्रममा राष्ट्रिय पुरस्कार प्राप्त गरेका महिला फिटनेश खेलाडीहरुको फ्रेन्डम्याच प्रस्तुत समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रममा ९-१० लाख सम्म खर्च हुने अनुमान रहेको भेटुवालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*