कुनै दिन त भेट होला सार्वजनिक

३१ भाद्र २०७६, मंगलवार १८:२६

नारायण थापाको कुनै दिन त भेट होला सार्वजनिक भएको छ । पछिल्लो समयका जोसिला गायक थापाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । मिलन पछिको बिछोडमा पनि आफ्नी मायालुलाई पुन भेट्ने आशा बोकेको भावमा कुनै दिन त भेट होला बोलको गीतको मार्मिक भिडियो सार्वजनिक भएको हो । आधुनिक युवा युवतीमा पहिले माया अनि पछि हुने धोकाको वास्तविक कथालाई मर्मस्पसी शब्द चर्चित गीतकार डा कृष्णहरि बरालले लेखेका हुन भने गैरे सुरेसले शब्दको भाव अनुसारकै कर्णप्रिय संगीत गरेका छन् । नारायण थापाको सुनौं लाग्ने स्वर सजिएको उक्त गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् । बुद्ध थापाको छायाँकनमा प्रकाश धितालले निर्देशन गरेको भिडियोमा कमल सिंह, सुस्मिता अधिकारी र जीवन आचार्यले आकर्षक अभिनय गरेका छन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*