सांकृतिक कार्यक्रमाका लागी पशुपति शर्मा र प्रिती आले हेटौडा आउने

३१ भाद्र २०७६, मंगलवार १९:१०

बिजया दशमी २०७६ को अवसर पारेर मकवानपुर होटल एशोसियसनले सांकृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा एशोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठले बिगतको वर्षमा झै यस वर्ष पनि बिजया दशमीको अवसरमा सास्ंकृतिक कार्यक्रम आयोजना गर्न लागीएको जानकारी दिएका हुन् । कार्यक्रममा राष्ट्रिय कलाकार पशुपति शर्मा तथा गायिका प्रिती आले तथा स्थानिय नृत्य कलाकारको प्रस्तुती समेत रहने श्रेष्ठले बताए ।

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्नको लागी एशोसियसनले विभिन्न ६ वटा समितीहरु समेत गठन गरेको छ । जसमा स्वागत समितीमा शंकर लाल श्रेष्ठ र दिलिश गोबिन्द जोशी , आर्थिक कमिटीमा दिलिश गोबिन्द जोशी , पारशमणी थिङ र कल्याण पौडेल,मनोरञ्जन कमीटिमा बिष्णु गोपाल महर्जन,सुरेश लामा र हरिगोपाल सापकोटा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*