बर्षाका कारण हेटौडामा जारी जिल्ला लिग प्रभाबीत

३१ भाद्र २०७६, मंगलवार १९:३७

हेटौडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मगंलबार हुने र बुधबार बिहान हुने भनिएका निर्धारित सबै खेलहरु बर्षाका कारण स्थगित भएका छन । प्रतियोगीता अन्तर्गत मंगलबार पहिलो खेलमा एफसी चाईनाक्वाटर क्लब र रियाल स्टार क्लब बिच थियो भने दोश्रो खेलमा पदमपोखरी युवा क्लव र चुरेकालिका युवा क्लवबीच थियो यस्तै मंगलबारकै तेश्रो खेलमा न्यू डाँफे युवा क्लव र पिप्ले युवा क्लवबीच प्रतिस्प्रर्धा हुने खेल तालिका रहेको थियो ।

खेल उदघाटन देखी जिल्ला लिगलाई बर्षाले दिनदिनै अबरुद्ध गर्दै आएकोमा खेल निरन्तर चलीरहेपनि मंगलबार खेल खेलाउन नसकने गरी बर्ष भएपछि खेल स्थगीत गरेको जिल्ला फुटबल संघका उपाध्यक्ष सुबिन घिमिरेले बताए । उपाध्यक्ष घिमिरेका अनुसार संघको बुधबार बिहान बैठक बसेर मात्र आगामी खेलहरुको बारेमा तय गरीने बताए । अबिरल बर्षाको कारण हुप्राचौर खेल मैदानमा खेल खेलाउन र खेलाडीहरु आउन समस्या देखिएपछि मंगलबार र बुधबार बिहानको खेल स्थगीत भएको छ । मौशम खुल्ला भएपछि मात्र खेल खेलाउने तयारी संघ रहेको र यसको निर्धारण बुधबार बिहानको बैठकले गर्ने उपाध्यक्ष घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*