कांग्रेस मकवानपुरले असोज ७ मा बृहत विरोध प्रदर्शन गर्ने

२ आश्विन २०७६, बिहीबार १७:३७

नेपाली कांग्रेस मकवानपुरले दोश्रो जागरण अभियान समापनको दिन आगामी असोज ७ गते बृहद विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेस मकवानपुरको विहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले दोश्रो जागरण अभियान समापनको दिन असोज ७ गते विशेष ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिनुभयो ।
कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बढ्दो महंगी, वाइडबडी, न्यारोबडी प्रकरणलगायतमा भएका भ्रष्टाचार, बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।

त्यसैगरी अलोकतान्त्रिक बिधेयकहरु, कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासन तथा जिल्लाका विविध कुशासनका मुघाहरुलाई लिएर विरोध प्रदर्शन गर्न लागिएको प्रवक्ता कोइरालाले बताउनुभयो । कांग्रेसले देशब्यापीरुपमा वीपी कोइरालाको १०६ औं जन्मदिनको अवसर पारेर भदौ २४ गतेबाट दोश्रो जनजागरण अभियान सुरु गरेको १५ औं दिन असोज ७ गते देशैभर एकसाथ समापन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*