डेंगुसम्बन्धी सचेतनामुलक ¥याली

२ आश्विन २०७६, बिहीबार १७:४५

विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायको संलग्नतामा हेटौँडामा आज डेंगुसम्बन्धी सचेतनामुलक ¥यालीको आयोजना गरिएको छ । ¥याली हेटौँडाको पल्पसा सभागृहबाट शुरु भई बुद्ध चोकमा पुगेर समापन भएको हो । ¥यालीपछि बुद्धचोकमा सरसफाई समेत गरिएको थियो । ¥यालीमा ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो । ¥यालीमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुरका लायन्स क्लव, रोटरी क्लव, चुरेहिल हस्पिटल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर, जेसीज, रोट्रयाक्ट क्लव, लियो क्लव, पशुपति हेल्थ क्लव, टोल विकास संस्था नगर समन्वय समिति लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*