बडा दशैलाई लक्षित गर्दै जिल्लाको सुरक्षा अवस्थालाई थप कडाई

२ आश्विन २०७६, बिहीबार १७:५०

नेपालीहरुको महान् पर्व बडा दशैलाई लक्षित गर्दै नागरिकहरुको सुरक्षाको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले दशैलाई लक्षित गर्दै जिल्लाको सुरक्षा अवस्थालाई थप कडाई गरेको बताएका हुन् । उनले दशै शुरु भएसंगै जिल्लाका विभिन्न सार्वजनिक स्थानमा नागरिक सुरक्षार्थ प्रहरी खटाईने बताए ।

भट्टराईले हेटौंडाको सुमो पार्क र बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने बताए । उनले चार्डपर्वको बेलामा यात्रा गर्ने यात्रुलाई विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने भएकाले सहज वातावरण बनाउन सो कक्ष सञ्चालन गरिने बताए । यस्तैगरि जिल्लाको ईन्ट्रि पोईन्टमा प्रहरी गस्ती गरिने,राजमार्गको हुमानेदेखी चौकिटोलसम्म र चुरियामाईदेखी लोथरसम्म २४ घण्टा नै प्रहरीको निगरानी राखीने बताए । भट्टराईले भीडभाड हुने ठाउमा सादा पोशाकमा प्रहरी खटाउने,सचेतनामुलक कार्यक्रम गर्ने,पर्चा पम्प्लेट वितरण गर्ने जस्ता कार्य गरि कुनैपनि अप्रिय घटना हुन नदिने योजना रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*