वड्स व्याण्डले ल्यायो सपना सम्झी (भिडियो)

६ आश्विन २०७६, सोमबार १७:०७

सिधाखबर \ वड्स व्याण्डले आफ्नो नयाँ गीत युवटुव मार्फत सार्वजानिक गरेको छ । लामो समय पछि व्याण्डले सपना सम्झी बोलको गीत बजार ल्याएको हो ।

गीतमा दीपेश श्रेष्ठको आवाज रहेको छ । दीपेश यो व्याण्डको भोकललिस्ट हुन । गीतमा संगीततर्फ व्याण्डका सदस्यहरु विजय कार्कीको वेस, सुदीप सिंहको गिटार, लुमन स्थापितको लिड गिटार र कविन शाक्यको ड्रम रहेको छ ।

सार्वजानिक गीतको भिडियोमा वाइभिटी विलियम्स एन्जेल र संकेत गोर्खालीले अभिनय गरेका छन्, । भिडियोलाई सिड्नी क्लासिक अष्ट्रेलिया समूहले सम्पादन तथा छायांकनका साथै निर्देशन समेत गरेको छ्, । गीतको म्युजिक कम्पोज र एरेन्ज सुजिल कर्माचार्यले गरेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*